नियम
पदपूर्तिको तरिका
(१) नेपाली सेनाको साधारण सेवामा रिक्त देहायका पदहरू देहाय बमोजिम पूर्ति गरिनेछः–
img
(१क) उपनियम (१) को खण्ड (घ) बमोजिम सहायक सेनानी पदमा बढुवाद्वारा पूर्ति गर्न छुट्याइएको पदमा बढुवाको लागि र आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्न छुट्याइएको पदमा आन्तरिक प्रतियोगिताको लागि योग्य उम्मेदवार उपलव्ध हुन नसकेमा वा अन्य कुनै कारणले बढुवाद्वारा वा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति हुन नसकेमा त्यस्तो पद त्यसको लगत्तै हुने पदपूर्तिको विज्ञापनमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गरी पदपूर्ति गरिनेछ ।
(२) उपनियम (१) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदहरूको पैतालीस प्रतिशत पदसंख्या समावेशीकरणका लागि छुट्याई सो संख्यालाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारहरूका वीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछः–
(क) महिला – बीस प्रतिशत
(ख) आदिवासी÷जनजाती – बत्तीस प्रतिशत
(ग) मधेशी – अठ्ठाइस प्रतिशत
(घ) दलित – पन्ध्र प्रतिशत
(ङ) पिछडिएको क्षेत्र – पाँच प्रतिशत
स्पष्टीकरणः
(१) यस उपनियमको खण्ड (ख), (ग), र (घ) को प्रयोजनको लागि “महिला, आदिवासी÷जनजाति, मधेशी, दलित” भन्नाले आर्थिक
र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी।जनजाति, मधेशी, दलित सम्झनु पर्छ ।
(२) यस उपनियमको खण्ड (ङ) को प्रयोजनको लागि “पिछडिएको क्षेत्र” भन्नाले मनाङ, मुस्ताङ, अछाम, कालिकोट, जाजरकोट,
जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।

(२क) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खुला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पदमध्ये पाँच प्रतिशत पदमा सैनिक तालिम बा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सैनिकको यस नियमावली बमोजिमको आवश्यक योग्यता पुगेका संत्तती मध्येबाट प्रतिष्पर्धा गराई पदपूर्ति गरिनेछ । यसरी पदपूर्ति गर्न छुट्याइएको पदमा जुन बर्षको लागि बिज्ञापन भएको हो सो वर्ष हुने बिज्ञापनमा उम्मेदवार उपलब्ध हुन नसकेमा बा पदपूर्ति हुन त्तसकेमा पूर्ति हुन नसकेको पदसंख्या सोही बर्षको सोही बिज्ञापनमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गरी उम्मेदवारको छनौट गरिनेछ।

(३) उपनियम (२) को खण्ड (ख), (ग) वा (घ) बमोजिम उम्मेदवार हुने व्यक्तिले कुनै एक खण्डको समुदायको उम्मेदवारको रुपमा
मात्र प्रतिस्पर्धा गर्न सक्नेछ । तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन ।
(४) उपनियम (२) बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी÷जनजाती,
मधेशी र दलित समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ । तर त्यसरी नतोके सम्मको लागि जुनसुकै महिला, आदिवासी÷जनजाती, मधेशी र दलित समुदायलाई आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको समुदाय मानिनेछ ।
(५) उपनियम (२) बमोजिम छुट्याइएका पदको लागि दरखास्त पेश गर्दा देहाय बमोजिमका प्रमाण संलग्न हुनु पर्नेछः–
(क) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी÷ जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी/ जनजाति भनी प्रमाणित भएको, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ख) दलितका लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको, तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको
जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ग) मधेशीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेशी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट “मधेशी” भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(घ) पिछडिएको क्षेत्रका लागि उपनियम (२) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास गरी सम्बन्धित
जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोवास भएको भन्ने सिफारिस गरिएको ।
(६) उपनियम (२) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घाताङ्क (फ्र्याक्सन) आएमा त्यस्तो घाताङ्क जुन
समूहको हकमा आएको हो सो भन्दा लगत्तै पछिको समुदायमा सर्दै जानेछ ।
(७) उपनियम (२) बमोजिम समावेशीतर्फ छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उम्मेदवार उपलब्ध हुन नसकेमा वा आवश्यक संख्यामा उमेदवार उत्तीर्ण हुन नसकी आवश्यक संख्यामा पदपूर्ति हुन नसकेमा त्यसरी नपुग भएको पद संख्या सोही वर्षको खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने सोही बर्षको विज्ञापनद्वारा पूर्ति हुने पदमा समावेश गरी उम्मेदवारको छनौट गरिनेछ ।
(३) यस नियमावली बमोजिम नियुक्त साधारण सेवा तर्फका महिला सैनिकलाई कम्ब्याट रिलेटेड डिउटीज्को काममा मात्र लगाइनेछ ।